काठमाडौं । अविरल वर्षापछि भएको बाढीपहिरो र डुबानमा परी १९२ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयले प्राकृतिक विपद्मा ३० जना बेपत्ता भएका छन् भने १९४ जना घाइते भएको जनाएको छ ।

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भएको र हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको जानकारी दिएको छ ।

मन्त्रालयले बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको, घाइतेको निःशुल्क उपचार भइरहेको र सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकतामा राखेको बताएको छ ।

अवरुद्ध राजमार्ग खोल्ने पहल पनि भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय