महोत्तरीको लोहारपट्टी नगरपालिका ४ पिपराढी स्थित शसस्त्र प्रहरीको रेल्वे सुरक्षा वेशका ईन्चार्ज शसस्त्र प्रहरी स.ई. धर्मेन्द्र सिंहलाई बालयौन दुरुपयोग आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोहि ठाउ निवासी एक १० वर्षिया बालिकालाई मर्निंग वाकमा संगै लगेको बेला शसस्त्र स.ई सिंहले गलत नियतका साथ कपडा खोल्न भनेपछि र ति बालिका नमान्दा आफैले बालिकाको कपडा खोल्न प्रयत्न गरेपछि बालिका भागेर घर पुगेकि थिईन । घरमा अभिभावकलाई आफुसंग भएको घटना बताएपछि बालिकाको अभिभावकसंगै सयौको संख्यामा स्थानियहरुले रेल्वे सुरक्षा वेश घेराउ गरेका थिए । सोहि क्रममा आरोपी स.ई. सिंहलाई कुटपिट समेत गरिएपछि स्थिति संयमित बनाउन शसस्त्र प्रहरीकै टोलीले स.ई. सिंहलाई प्रहरीको जिम्मा लगाएको हो ।

यता बालिका अबेर साझ अभिभावकसंग जिल्ला प्रहरी कार्यालय महोत्तरी आईपुगेकिमा प्रहरीले घटना वारे कानुनी प्रकृया सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले बताए । उनले आरोपी प्रहरी नियन्त्रणमा रहेको बताउदै आवश्यक कानुनी प्रकृया चलिरहेको बताए । उनले पिडितपक्षबाट जाहेरी हालसम्म नआएपनि पिडित प्रहरीको सम्पर्कमा रहेको र बालिकाको मेडिकल चेकजाँच लगायतका कार्यहरु भैरहेको बताए । उनले घटनावारे पिडित पक्षको कुरा सुन्दा यहा बालयौन दुरुपयोग मुद्दा प्रभावित हुने भएपनि जाहेरी आएपछि र प्रहरीको थप अनुसन्धानपछिमात्र ठ्याक्कै कुन शिर्षकमा मुद्दा चल्ने बताउन सकिने बताए ।

घटनाको सन्दर्भमा पिडित बालिकाको बुवाले समेत स.ई.संग आफ्नो चिनजान रहेकोले बालिकाले समेत उनलाई अंकल भनेर बोलाउने गरेको बताए । उनले चिनजानकै व्यक्तिले यस्तो घटना घटाउन सक्ने वारे आफुले कहिल्यै नसोचेको बताउदै उनलाई हदैसम्मको सजायको मांग गरे ।

बालिकाका बुवाले भने,‘बिहान म सुतेकै थिए । छोरी खेततिरबाट घर आउदै थिईन । बाटोमै स.ई.ले छोरी देखेपछि छोरी मर्निंग वाक जाउ भने । मेरी छोरीले उनलाई राम्ररी चिनेकिले हुन्छ अंकल भन्दै गइन । बाटोमै एक मंदिरमा मर्निंग वाककै क्रममा दर्शन गरेर सोहि छेउको दुई तल्ले खाली धर्मशालामा छोरीलाई कपडा फुकाल भने । तर छोरीले नमानेपछि स.ई.ले आफै कपडा खोल्ने प्रयास गरे तर छोरी कराएपछि कसैले सुन्ला कि भनेर स.ई. रोकिए । छोरी सोहि ठाउबाट रुदै भागिन र घर फर्किईन । घरमा आएर उनैले सवै कुरा सुनाएपछि आफुहरु तत्काल उनलाई कार्यवाही गर्न भनेर शसस्त्रको वेशसम्म पुग्यौ । ’

उनले आरोपीलाई सजाय दिन मांग गरे । यता बालिका जिल्ला प्रहरी कार्यालयमा पुगेकि छिन भने उनको मेडिकल चेकजाच लगायतका कानुनी प्रकृया चलिरहेको छ ।

यसै घटनाको सन्दर्भमा शसस्त्र प्रहरीका एसपी पुरन चन्द्र भट्टले आफ्नो ड्युटीका स.ई.माथि आरोप आएकोले घटनावारे निश्पक्ष जाँचबुझ गर्न उनलाई प्रहरीको जिम्मा लगाईसकिएको बताए । उनले प्रहरी अनुसन्धानमा उनी दोषी देखिए विभागको कानुन अनुसारको कार्यवाही हुने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय