बालिका दुव्र्यवहारको आरोपमा इलाममा नेकपा एमालेका नेतालाई नियन्त्रणमा लिएको छ । माई नगरपालिका–२ का ५२ बर्षिय खेमराज ढकाललाई नियन्त्रणमा लिएको हो । उनलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डिएस्पि) मानबहादुर राईले जानकारी दिनुभयो । नेकपा (एमाले) जिल्ला कमिटीका सल्लाहकार परिषद सदस्य एवं बुद्धिजीवी परिषदका जिल्ला सदस्य समेत रहेका ढकालमाथि स्थानीय दुई बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

काल माई नगरपालिकाका शिक्षा समिति सदस्य एवं हरियाली रेशम शैक्षिक सार्वजनिक गुुठी स्कुलका संस्थापकसंगै शिक्षक पनि हुन् । स्थानीयले ढकालमाथि कानुनी कार्वाहीको माग गरेका छन् । पिडित परिवारको मौखिक उजुरीपछि ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको इलामका प्रहरी उपरिक्षक एकनारायण कोइरालाले बताउनुभयो । उनीमाथि अनुसन्धान प्रकृया अघि बढिसकेको र पिडित परिवारले लिखित उजुरी हालेपछि कार्वाहीको प्रकृया अघि बढाइने पनि एसपि कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय