१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलामको माइ नगरपालिका– २ का एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षे केशव गिरी रहेका छन् । गत ६ गते साँझ ती बालिकालाई फकाइ फुुल्याइ नजिकको चियाबारीमा लगेर बलात्कार गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उक्त घटना सामसुम पार्न खोजेको आरोपमा सोही स्थानका अन्य तीन जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । पैसाको लेनदेनमा घटना मिलाउन लागि परेको आरोपमा सोही स्थानका ५८ वर्षे केदारनाथ गिरी, ४३ वर्षे यादव भनिने नारायण गिरी र पाँचथरे भनिने ३८ वर्षे तुलाधर अर्याललाई समेतलाई पक्राउ गरिएको डिएसपी मानबहादुर राईले बताए । त्यसबीचमा पक्राउ परेका अर्यालले आफ्नो घरमा पीडित पक्षलाई बोलाई तीन लाख रुपैयाँ दिएको खुलेको प्रहरीको भनाइ छ । अनुसन्धानको क्रममा उक्त रकम पीडितकी आमाको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय