पर्सा- पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका साबिक वडा न.२ को बिजबनिया टोलमा रहेको कित्ता न.६२ को ३ बिघा १८ कठ्ठा जग्गा आज गाउँपालिका अध्यक्षको बिशेष पहलमा उक्त जग्गा नेपाल सरकारको नाउँमा दर्ता कायम गरिएको छ ।बिगत ५ – ७ बर्ष देखी ब्यक्ति बिशेषको नाममा दर्ता रहेको कित्ता न.६२ को उक्त ३ बिघा १८ कठ्ठा सार्वजनिक जग्गालाई केहि स्थानीय र भु–माफियाहरुले सो सार्वजनिक जग्गालाई आफ्नो नाउँमा दर्ता गराई लालपुर्जा समेत बनाई सकेको थियोे । जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको बिशेष पहलमा उक्त जग्गालाई भु–माफियाको नाउँबाट बदर गराई नेपाल सरकारको नाउँमा दर्ता गराउन सफल भएकाहुन ।
जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले निर्वाचित भएदेखी नै उक्त गाउँपालिकामा रहेको सार्वजनिक अतिक्रमण गरिएको जग्गा र भु माफिया हरुले आफ्नो नाउँमा दर्ता कायम समेत गरिएको विभिन्न ठाउँको १२ बिघा सार्वजनिक जग्गालाई दर्ता खारेज गराइएको र उक्त जग्गामा आधुनिक अस्पताल बनाउने लक्षय रहेको जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले बताए ।



बर्सौ देखी जगरनाथपुर गाउँपालिकाको सार्वजनिक जग्गाहरुलाई केहि ब्याक्तीहरुले आफ्नो नाउँमा दर्ता गराइएको र भोगचलन समेत गरिरहेको थियो उक्त जग्गालाई सार्वजनिक गर्न गाउँपालिकाको बोड बैठकबाट भएको निर्णय अनुसार पालिका अध्यक्ष श्रीकान्त यादवले कानुनी प्रक्रियामा सो जग्गालाई मालपोत कार्यालय पर्सामा ब्याक्ती बिशेशको नाउँबाट बदर गराइएको र उक्त जग्गा नेपाल सरकारको नाउँमा दर्ता गराइएको जगरनाथपुर गाउँपालिका वडा न.३ का वडा अध्यक्ष सुभाष कुमार यादवले बताए ।



