वरिष्ठ राजनीतिज्ञ शोभित उप्रेतीले चीनको युनान प्रान्तमा आयोजित ‘शेयरिङ द एचिभमेन्ट अफ वेल्ट एन्ड रोड फोरम’ मा सम्बोधन गर्नुभएको छ । नेपालसहित एशियाका १ सय १९ पार्टीका प्रतिनिधि सहभागी सो कार्यक्रममा उहाँले नेपालको तर्फबाट सम्बोधन गर्नुभएको हो ।

‘मिडिया सिम्पोजियम’ सत्रमा आफ्नो धारणा राख्दै उहाँले बीआरआईका लक्ष्य प्राप्त गर्न स्थानीय अवस्था, क्षेत्रीय देशहरुको विशेषता र सरोकारका आधारमा संचार रणनीति अपनाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, ‘स्थानीय अवस्थाको कुरा गर्दा प्रत्येक क्षेत्रको अद्वीतीय संस्कृति, आर्थिक र राजनीतिक पक्षहरुलाई ध्यान दिनुपर्ने छ । यी अवस्था ठाउँ अनुसार भिन्न हुन्छन् । स्थानीय जनतालाई बीआरआईका फाइदा र अवसरबारे बुझाउनु पर्दछ । यसका लागि संचार विधिको उपयोग अपरिहार्य छ । स्थानीय जनसंख्या मिल्दो अनुकुल दृष्टिकोण प्रयोग गर्नुपर्दछ । यसका लागि स्थानीय भाषा प्रयोग गर्ने, साँस्कृतिक परम्पराको सम्मान गर्ने, प्रत्येक क्षेत्रका मानिसको विशेष आवश्यकता र सरोकारलाई सम्बोधन गर्नुपर्दछ ।’

त्यस्तै क्षेत्रीय देशहरुको चासोलाई स्वीकार गर्नुपर्ने विषय पनि उहाँले उठाउनु भएको छ । क्षेत्रीय देशहरुका फरक–फरक प्राथमिकता र आशंका हुन्छन् । यी देशहरुसँग वार्तामा बस्न, उनीहरूको प्रतिकृया सुन्न र तिनिहरुका सरोकारलाई सम्बोधन गर्न हिच्किचाउन नहुने बताउनुभयो ।

कार्यक्रममा नेपालबाट उप्रेतीसहित पूर्वप्रधानमन्त्री माधव नेपाल, मन्त्री डा. बेदुराम भुषाल र काँग्रेसका राजन केसी सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय