बुटवल- बुटवलमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०८० सुरू भएको छ । प्राङ्गारिक खेतिको प्रबर्द्धन , स्वस्थ जीवनको अबलम्बन नाराका साथ मेला आयोजना गरिएको बुटवल उद्योग बाणिज्य संघले जनाएको छ । मेलामा कृषिका उत्पादन, औजार र प्रविधि लगाशएतका एक सय प्रदर्शनी कक्ष रहेका छन ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही र लुम्बिनी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको उदघाटन लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमी व्यवस्था मन्त्री माननीय भाण्डारी लाल यादवले गरेका छन ।बुटवल उपमहानगर पालिका र नेपाल उद्योग वाणिज्य महासंघ संरक्षक रहेको मेलाको प्रबद्र्धकमा तिलोत्तमा नगर पालिका समेत कृषि सम्वद्ध ७ वटा सरकारी निकायहरु रहेका छन । फागुन १० गते १४ गते सम्म चल्ने मेला अवलोकन गर्न आउने सर्व साधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।






