काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वान टु वान वार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल आइतबार बिहान देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । झण्डै पौने घण्टा दाहाल र देउवाविच छलफल भएको थियो ।संसदमा भइरहेको गतिरोध हटाउने बिषयमा छलफल भएको हो । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध गरिरहेको छ । समितिको कार्यादेशमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलबीच सहमति जुट्न नसक्दा संसद् प्रभावित हुँदै आएको छ । कांग्रेसले उपप्रधान एवं गृहमन्त्रीको नाम किटान गरेर छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ। तर सत्ता पक्ष भने व्यक्तिगत नाम किटेर समिति बनाउन नहुने अडानमा छ । कांग्रेसले सरकारलाई दबाब दिन सडकमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । साथै संसदीय छानबिन समितिको कार्यादेशमा टुंगो लगाउन आजै दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय