धरान- ए डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड धरानमा जारी २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । धरान रंगशालामा आज भएको खेलमा काकरभिटा फुटबल ट्रेनिङ सेन्टर झापासँग १–० गोल अन्तरले पराजित हुँदै चर्च बोइज प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको हो ।
खेलको ४४औ मिनेटमा झापाका आशिस चापागाइले गरेको गोल नै निर्णायक बनेको हो । जितसँगै झापा प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको । झापाले फाइनल प्रवेशका लागि बिहीबार एनआरटी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलको म्यान अफ दि म्याच झापाका बिशाल घलान घोसित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । बुधबार पहिलो सेमिफाइनलमा आयोजक धरान र मोरङ फुटबल एशोसियसनबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछन् ।






