बुद्घभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले भविष्यमा निष्काशन गर्ने हकप्रद शेयरको सम्बन्धमा परामर्श सेवा सहित निष्काशन हुने हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्ध गर्ने गरी एन आई सी एशिया क्यापिटल लिमिटेड र बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड बीच दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्र बुद्घभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको संचालकहरुको उपस्थितिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शेखर कुमार सुवेदीज्यू र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रामेन्द्र रायमाझीज्यूले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता अनुसार क्यापिटलले बुद्घभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रकृया अगाडी बढाउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनुको साथै सम्बन्धित नियमनकारी निकायहरुमा हकप्रद शेयर निष्काशन प्रकृया अगाडी बढाउदा आवश्यक पर्ने कागजातहरु र अन्य विवरण तयार गर्न सहजीकरण गरी हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु तयार गरी नेपाल धितोपत्र बोर्डमा “हकप्रद शेयर निष्काशन सम्बन्धी विवरण–पत्र” स्वीकृतिको लागि पेश गर्ने लगायतका हकप्रद शेयर निष्काशन सम्बन्धी सम्पूर्ण कार्य क्यापिटलले गरिदिने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय