काठमाडौं । प्रहरीले बृहत नागरिक आन्दोलनका दुइ दर्जन भन्दा बढी प्रदर्शनकारीलाइ पक्राउ गरेको छ ।
काठमाडौंको निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले २८ जना नागरिक अभियन्ताहरुलाई पक्राउ गरेको हो । शुक्रवार मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै भद्रकालीबाट माइतीघर मन्डला तर्फ अघि बढ्ने क्रममा उनीहरु गिरफ्तार भएका हुन् । सरकारले माइतीघर क्षेत्रलाई प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेपछि नागरिकको आफ्नो विरोध प्रदर्शन गर्ने पाउने अधिकार कुण्ठित भएको भन्दै अभियन्ताहरुले विरोध गर्दै आएका छन् । त्यही विरोधका क्रममा शुक्रबार अभियन्ताहरु भद्रकालीमा जम्मा भएर माइतीघरतर्फ जान खोज्दा प्रहरीले पक्राउ गरेको हो ।



पक्राउ परेकाहरुलाई अहिले नेपाल पुलिस क्लबमा राखिएको छ ।



