काठमाडौं । ज्याकब बेथेल र कप्तान ह्यारी ब्रुकको अर्धशतकसँगै इङ्ल्यान्डले आईसीसी टी–२० विश्वकपमा नेपालले १८५ को लक्ष्य दिएको छ । वानखेडे मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

इङ्ल्यान्डका बेथेल र कप्तान ब्रुकले उत्कृष्ट इनिङ्स खेले । बेथेलले ३५ बलमा ५५ रन बनाउँदा ४ चौका र ४ छक्का प्रहार गरे । कप्तान ब्रुकले ३२ बलमा ५३ रन जोड्दै टोलीलाई बलियो अवस्थामा पु¥याए । जोस् बटलरले पनि १७ बलमा २६ रनको योगदान दिए । अन्त्यतिर विल ज्याक्स १८ बलमा ३९ रन बनाउँदै अविजित रहे ।

नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर १ विकेट हात पारे । शेर मल्लले पनि १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय