अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताएका छन् । बुधवार भक्तपुरमा शंखधर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री महतले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिन भन्न नमिल्ने बताएका हुन् । उनले ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन भन्ने प्रवृति गलत भएको उल्लेख गर्दै व्यवसाय गर्दा गर्र्दै समस्या परेकाहरुको लागि भने सहजिकरण गर्न राज्य तयार रहेको बताए ।

अर्थमन्त्री महतले अफवाह बोल्दै हिड्नेहरुको मुख बन्द गर्नुपर्ने अवस्था आएको बताए । उनले लोकतान्त्रिक पद्धतीमार्फत नै मुलुकको समृद्धि सम्भव रहेको दाबी समेत गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय