ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६१ जनाको ज्यान गएको छ । एटीआर ७२–५०० मा चालक दलका चार सदस्यसहित ५७ यात्रु विमानमा सवार रहेको अधिकारीहरुले जनाएका छन् ।

टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेका बेला भिन्हेडो शहरमा खसेको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति दुःख व्यक्त गर्दै साओ पाउलो राज्यमा तीन दिनको शोकको घोषणा गरेको छ ।

फ्रान्सेली–इटालियन विमान निर्माता एटीआरले अनुसन्धानमा सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय