काठमाडौं । जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो । नेकपा एमालेले हरेक वर्ष आजको दिनमा विभिन्न कार्यक्रम गर्दै मनाउँदै आएको छ ।

दुर्घटनामा भण्डारी र आश्रितको मृत्युभए पनि चालक अमर लामा बाँच्न सफल भएका थिए । लामाको २०६० सालमा कीर्तिपुरमा हत्या भएपछि यो घटना रहस्यमय बनेको छ ।
घटनाको कुनै छानविन समिति नबनाउँदा नेकपा एमालेको पटक पटक आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय