चमोली जिल्लाको माना गाउँ नजिकै शुक्रबार ठूलो हिमपहिरो खस्यो। यस घटनामा सडक निर्माणमा संलग्न ४७ जना कामदार हिउँमा फसेका छन्। अहिलेसम्म १० जनालाई उद्धार गरिएको छ भने बाँकीहरूको खोजी र उद्धार कार्य जारी छ। सीमा सडक सङ्गठन (बीआरओ)को शिविर नजिकै खसेको यो हिमपहिरोले सडक निर्माणमा लागेका कामदारहरूलाई अचानक आफ्नो शिकार बनायो। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाको जानकारी पाइनासाथ उद्धार कार्य तीव्र गरी सुरक्षाकर्मीहरू पठाएको बताए।

प्रहरी प्रवक्ता आईजी निलेश आनन्द भर्नेका अनुसार, फसेका ५७ जना कामदारमध्ये १० जनालाई उद्धार गरी सेनाको क्याम्पमा पठाइएको छ। उद्धार गरिएका बढीजसो कामदार गम्भीर अवस्थामा छन्। बीआरओका कार्यकारी इञ्जिनियर सीआर मीनाले बताए कि भारी हिमपात र खराब मौसमले उद्धार कार्यमा बाधा पुगेको छ। उनले भने, “तीनदेखि चार एम्बुलेन्स पठाइएको छ, तर बाटो अवरुद्ध भएकोले टोलीलाई ठाउँमा पुग्न समय लागेको छ।” स्थानीय प्रशासन र बीआरओले उद्धार कार्यलाई गतिशील बनाउन प्रयास गरिरहेका छन्। यस घटनाले क्षेत्रमा राहत कार्यको चुनौती बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय