भारतले आज आफ्नो तेस्रो चन्द्रयान चन्द्रमामा अवतरण गरेर इतिहास रच्दै छ । चन्द्रयान–३ को सफल अवतरण भएमा भारत चन्द्रमाको सानो अन्वेषण गरिएको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो देश पनि हुनेछ ।
यसको प्रमुख लक्ष्यहरू मध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो, जसले भविष्यमा चन्द्रमामा मानव बसोबासलाई समर्थन गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन् । रुसको लुना–२५ सोही क्षेत्रमा अवतरण गर्ने क्रममा दुर्घटना भएको केही दिनपछि भारतले यो प्रयास गरेको हो । यदि, यो प्रायस सफल भयो भने, चन्द्रमामा सफ्ट ल्यान्डिङ हासिल गर्ने चौथो देश पनि हुनेछ । अर्बिटर, ल्यान्डर र रोभरसहितको यो अन्तरिक्ष यान १४ जुलाईमा दक्षिण भारतको श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट उडेको थियो ।






