भारतको राजधानी नयाँदिल्लीमा सोमबार बिहान ५:३६ बजे ४ म्याग्निच्युडको भूकम्प गएको छ। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्र का अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको पाँच किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले सबै नागरिकलाई सुरक्षा सावधानी अपनाउन अपिल गरेका छन्। साथै, सुरक्षा अधिकारीहरूलाई निगरानी बढाउन निर्देशन दिएका छन्।
दिल्ली प्रहरीले भूकम्पबाट कुनै ठूलो क्षति नभएको जनाएको छ। साथै, आपत्कालीन सहायता आवश्यक परे ११२ नम्बर मा सम्पर्क गर्न आग्रह गरेको छ। दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशी सिंह ले सामाजिक सञ्जाल ह् (ट्विटर) मा लेख्दै दिल्लीमा ठूलो धक्का महसुस भयो, सबै सुरक्षित रहून् भनेर भगवानसँग प्रार्थना गरेकी छिन्। दिल्लीमा भूकम्पको झट्का महसुस भए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको खबर आएको छैन। सुरक्षा निकायहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।






