विहिबार विराटनगरमा पहिलो पटक भारतबाट कार्गो रेल आउँदैछ। भारतको बथनाहाबाट कार्गो रेल पहिलोपटक विराटनगर आउन लागेको हो।भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका समकक्षी नरेन्द्र मोदीले विहिबार संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगरका लागि प्रस्थान हुनेछ।

बथनाहामा अहिले उक्त रेल लाई सजाउने श्रीर्गाने कार्यगरि तयारी अवस्थामा राखिएको छ।
रेल विराटनगर भन्सारको कस्टम यार्डसम्म आउने बताईएको छ।रेलको लिक परीक्षण सफल भएको चार वर्षपछि आज विराटनगरमा रेल आउन लागेको हो।

बथनाह – कटहरी रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा जग्गाको मुआब्जा विवादका कारण थप काम रोकिएको छ।बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी ९आइसिपी०सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य भएको छ।

बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिकको सफल परीक्षण गरिएको थियो ।विहिबार देखि कस्टम यार्डसम्म आउने कार्गो रेल नियमित हुने अपेक्षा उद्योगीले गरेका छन्।
कार्गो रेल आउने भएपछि त्यहाँका उद्योगी व्यवसायी उत्साहित देविएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय