भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ ।
२४ घण्टामा चट्याङले जमुई र कैमुरमा तीन÷तीन, रोहतासमा दुई र सहरसा, सारण, भोजपुर र गोपालगञ्जमा एक÷एक जनाको मृत्यु भएको मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



वर्षाको समयमा रूखमुनि बस्दा चट्याङ लागेर भारतमा हरेक वर्ष सयौंको मृत्यु हुने गरेको छ ।



