भारतको मध्य प्रदेश राज्यमा बसमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । आगलागीमा परी अन्य १७ जना घाइते भएका छन् । ३० यात्रु चढेको बस मध्य प्रदेशको गुना भन्ने ठाउँबाट आरोन जाँदै गर्दा क्रेनसँग ठोक्किएर सडकबाट तल खसेर दुर्घटना भएको हो । घटनामा घाइते भएका १७ जनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु भएकाहरूको पहिचाका लागि डिएनए परीक्षण गराउने तयारी भइरहेको छ । मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले घटनामा मृत्यु भएकाहरूको परिवारलाई ४ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेका छन । यस्तै घटनामा घाइते भएकाहरूलाई ५० हजारका दरले उपलब्ध गराउने पनि उनले बताएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय