भारतलाई हराउँदै बंगलादेश यू–१९ एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ८९ रनको लक्ष्य बंगलादेशले ४२ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशका अरिफुल इस्लामले सर्वाधिक ९४ रन बनाए ।

यस्तै अहरर अमिनले ४४ रन जोडे ।बलिङतर्फ भारतका नमन तिवारीले ३ र राज लिम्बानीले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४२ ओभर ४ बलमा १ सय ८८ रन बनाउँदा अल आउट भएको थियो । भारतका मुरुगन अभिषेकले ६२ र मुशीर खानले ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका मरुफ मृधाले ४ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय