भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबार नेपाल आएका जयशंकर आज दिउँसो त्रिभुवन विमानस्थलबाट भारतीय विमानमार्फत स्वदेश फर्किएका हुन । नलाई विमनस्थलमै पुगेर नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिदाइ गरे ।
जयशंकरले आज विहान विहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन । उनले त्रिविस्थित केन्द्रिय पुस्तकालय र अरु केही पुनर्निर्माणका परियोजनाको समेत उदघाटन गरेका थिए । भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिनुका साथै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत पूर्वप्रधानमन्त्रीसहित प्रमुख दलका नेतासँग भेट गरेका थिए ।






