त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका सहसचिव तीर्थराज भट्टराईविरुद्ध भिजिट भिसाको आवरणमा मानव तस्करी र व्यापक घुसघोरीमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले भट्टराईलाई सात जना व्यक्ति तथा दुई ट्राभल एजेन्सीसहित प्रतिवादी बनाएको छ। भट्टराईमाथि ७९ लाख ८० हजार रुपैयाँ बिगो दाबी गरिनुका साथै घुस रकम घरजग्गामा लगानी गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अतिरिक्त १ करोड ३ लाख ७९ हजार रुपैयाँ माग दाबी गरिएको छ।

अनुसन्धानले भट्टराईले अध्यागमन प्रणालीमा आवश्यक कागजात अपलोड नगरी यात्रुहरूलाई हैरान पार्दै घुस असुल्ने, बिचौलियामार्फत यात्रु परिचालन गर्ने, मोबाइल र अन्य सामान घुसका रूपमा लिने तथा डायरीमा कोड प्रयोग गरी पुरुष र महिलाका लागि फरक–फरक दर तोकेर घुसको लेखाजोखा राख्ने जस्ता कार्यमा संलग्न रहेको प्रमाण भेटिएको छ। यसैबीच, भट्टराई र सहकर्मीहरूसँग घुस तिरेर विदेश पुगेका २५७ मध्ये धेरै यात्रु विदेशी भूमिमा ठगीमा परेपछि नेपाल फर्किएर अख्तियारमा उजुरी दिएका थिए, जसको आधारमा मुद्दा अघि बढाइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय