सिन्धुली- २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा प्रभात फेरि गरिएको छ ।जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजना तथा जिल्ल स्थित शहरी विकास तथा भवन कार्यालयको संयोजनमा आयोजना गरिएको सो प्रभात फेरिले सिन्धुलीमाडी बजारको परिक्रमा गरेको थियो ।
सो अवसरमा भुकम्पबाट सुरक्षित रहनकालागि भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने शन्दैश प्रवाह गरिएको थियो ।
सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिधकारी लिलाराज शर्माके संयोजकत्मा संचालित सो प्रभातफेरि खुल्ला चोकमा कोा सभा गरी समापन गरिएको थियो ।
सो अवसरमा जिल्ल समन्वय समितिका उपप्रमुख शान्ता कार्की,प्रमुख जिल्ला अधिकारी लिलाराज शर्मा र शहरी विकास तथा भवन कार्यालयका प्रमुख दुर्गाप्रसाद घिमिरेले सम्बोधन गरी मानव समुदायले सुरक्षित भौतिक संरचना निर्माण गरी आफु सुरक्षित रहनु पर्ने कुरामा जोड दिईएको थियो ।
प्रभातफेरि कार्यक्रममा सरकारी कर्मचारीहरु ,जनप्रतिनिधिहरु,रेडक्रसकर्मीहरु,सुरक्षा निकायका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय