काठमाडौँ । जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पमा परेर गम्भीर घाइते भएकाको उपचारका लागि भेरी अस्पताल नेपालगन्जलाई डेडिकेटेड अस्पताल तोकिएको छ ।
कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको र भेरी अस्पताल , सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । पर्याप्त मात्रामा डक्टर , नर्सिङ स्टाफ , र लजिस्टिक प्रबन्ध मिलाईएको जिल्ला प्रशासन कार्यालय बाँकेको दावी छ । हेलिकप्टरबाट आउने बिरामीको लागि रांझा बिमानस्थल , र आर्मिको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । रगतको मौज्दात रहेको छ र अपुग भएमा रक्त दाता सुरक्षाकर्मिको व्यवस्था मिलाईएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताको लागि नरेश श्रेष्ठलाई फोकल पर्सन (९८५११४३६६६) तोकिएको छ ।



गएराति गएको भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयरसहित १ सय ५० जना भन्दा बढीको मृत्युभएको छ । घटनामा १ सय भन्दा धेरै घाइते भएका छन् । खोज तथा उद्दारको काम जारी छ ।



