काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी बृद्धितर्फ ध्यान केन्द्रित गर्न लुुम्बिनी प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपर्युक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकरण गर्दै त्यसको बजार विस्तार गर्न सुुझाव दिनुुभएको हो ।

उहाँले समग्र अर्थतन्त्र ओरालो लागिरहेको अवस्थामा भवन, कार्यालय आदी संरचनामा खर्च नगरी उत्पादनलाई पहिलो प्राथमिकतामा राखि काम गर्न सुझाव दिनुभयो । उहाँले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ-तरकारी निर्यात र आयात नगर्न ध्यानाकर्षण गराउँदै जनतालाई स्वस्थ्य खाना खुवाउने प्रबन्ध गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रधानमन्त्री ओलीले हाल घाटा बजेटमा सरकार सञ्चालन भएकाले आफूहरुले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य हुने गरी काम गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी रुपन्देहीबाट दाङ सार्न बजेटको प्रबन्ध र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा गर्नुभएको थियो । छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, नेकपा (एमाले) का महासचिव शंकर पोखरेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय