काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयमा विमति जनाएको छ । पार्टी संसदीय दलको बैठकले भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने विषयको विपक्षमा उभिने निर्णय गरेको हो ।

राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमा ५ वर्षे हदम्याद प्रस्ताव गरेको छ । बैठकले संसदको मानवअधिकार तथा कानुन समितिबाट सर्वसम्मत पास भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई संसद्बाट पनि सर्वसम्मत पारित गराउन लाग्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय