काठमाडौं । भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपाल १ सय ८औं स्थानमा परेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा १०० मा नेपाल ३५ अंक पाएर १ सय ८ औं स्थानमा परेको हो ।
भ्रष्टाचारको सूचीमा नेपाल गतवर्षभन्दा १ सय १०औं स्थानमा थियो । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान छ । ट्रान्सपरेन्सीले विश्वका १ सय ८० मुलुकहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ भने सोमालिया ११ अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।



ट्रान्सपरेन्सीको प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देश अधिक भ्रष्टाचार हुने मुलुकअन्तर्गत पर्दछन् ।



