हेटौंडा । मकवानपुर जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रमुख फेरिएसँगै धमाधम सुन तस्करी पक्राउ पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुखको जिम्मेवारी विश्वराज खड्काले सम्हालेसँगै सुन तस्करी पक्राउ पर्न थालेका हुन ।
अबैध सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख बिश्वराज खडकाको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटे चेकपोष्टस्थित पुर्व पश्चिम सडकखण्डबाट अजिनाथ कुटी र राहुल भिट्टिहाललाई पक्राउ गरिएको जनाएको छ ।




पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने आन्दाजी २५ वर्षीय अभिषेक सोही स्कुटरमा पछाडी सवार भारत महाराष्ट्र राज्य सांगली जिल्लाका २७ वर्षीय राहुललाई पक्राउ गरेका हुन् ।
खानतलासी गर्दा शरीरको बिभिन्न भागमा लुकाई छिपाई राखि ल्याईएको बिल बिजक नभएको अबैध भन्सार छलिका सुन पक्राउ परेका हुन । बिस्कुटको आकारको ८ थान तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम ( आजको बजार भाउ अनुसार ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया ६५० पैसा ) फेला पारेको जनाएको छ । थप कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।
गत मंगलबार पनि भारत विहार राज्य फुलवरिया पुर्वी चम्पारण बरेवा बस्ने वर्ष ३४ को सुजित सर्राफलाई मकवानपुर प्रहरीले पक्राउ गरेको थियो । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टबाट वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ६९६ नम्बरको यात्रु बाहक ईभी माईक्रोलाई चेकजाँच गर्दा उनी पक्राउ परेका हुन् ।
बिल बिजक नभएको बिस्कुटको आकारको टुक्रा ४ थान, सानो टुक्रा १ थान, सिक्री १ थान सुन फेला परेको हो । उक्त सुनको बजार भाउ ६७ लाख ३४ हजार ५४४ रुपैयाँ रहेको थियो ।



