मजदुरहरुको पारिश्रमिक शत प्रतिशत बृद्धि गर्न माग गर्दै आज काठमाडौंमा प्रदर्शन भएको छ । माइतीघर मण्डलामा भेला भएर मजदुरहरुले पारिश्रमिक बृद्धिको माग गरेका हुन । राज्यले सेवा सुबिधा बृद्धिमा चासो नदिएको भन्दै मजदुरले माग पुरा नभए थप आन्दोलनको चेतावनी दिएका छन ।
न्युनतम वेतन कार्ड खारेज लगायतका माग राख्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र क्रान्तिकारी ट्रेड युनियन महासंघले संयुक्त रूपमा बिरोध प्रदर्शन गरेका हुन । केही समयदेखि मजदुरले पारिश्रमिक बृद्धिको माग गर्दै आन्दोलन गर्दै आएका छन ।






