काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिंदै हुनुहुन्छ । जनमत पार्टीले गत माघ ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो ।
मधेश प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै भोलि दिउँसो २ बजे बस्ने प्रदेशसभामा यादवले विश्वासको मत लिने जानकारी गराएको हो । गठबन्धनले सबैले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएको छ ।






