मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपदबाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार जेठ ३१ मा मनसुन भित्रिए यता बाढीपहिरोलगायत मनसुनजन्य विपदमा परेर ४१ जनाले ज्यान गुमाएका छन् । विपद्का घटना भएका ५० मध्ये २० जिल्लामा मानवीय क्षति भएको तथ्यांकले देखाएको छ । ३१ जना बेपत्ता छन् ।

विपद्का घटनामा परी ५५ जना घाइते भएका छन । यस्तै, बेपत्ता हुनेहरू ६ जिल्लाका छन् । संखुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरीका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए । २८ जिल्लाका ५५ जना घाइते भएका छन् ।

विपदमा परेर कुल १ सय ३० घर पूर्ण रूपमा क्षति भएको छ । १ सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, संखुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय