काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिइन् । बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ । सरकारले आजै नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।






