काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ गुर्जुधारामा रहेको यातायात कार्यालयको सर्वर डाउन भएको छ ।

वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयको शुक्रबार अनुगमन गर्नुभएको थियो । उहाँले अनुगमनको क्रममा लिखित फाइलहरुलाई डिजिटलाइजेशन गरी अस्तव्यस्त फाइलहरुको चाङले ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजान कार्यालयलाई निर्देशन दिनुभएको थियो । उहाँले यातायात कार्यालयबाट तत्काल त्यो कुरा सम्भव नभए निजी क्षेत्रलाई टेण्डर आह्वान गरेर लिखित फाइलहरु अनलाइन प्रणालीबाट लैजाने भनेको दुई दिनपछि गुर्जुधाराको यातायात कार्यालयको सर्वर डाउन भएको हो ।

आइतबार देखि यातायात कार्यालयको सर्वर डाउन भएपछि मोटरसाइकल पास गर्न र विलबुक नविकरण गर्न आउने सेवाग्राहीहरु सोमबार पनि त्यतिकै फर्किन बाध्य भएका छन् । सर्वर कहिले चल्छ भन्नेमा अझै अन्योल छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय