माहुरी पालनको प्रचुर सम्भावना रहेको पर्वतमा माहुरी पालन गरेर आम्दानी गरीरहेका किसानहरुले महको बजारीकरणको लागी मान्यता प्राप्त लेवलीङ र प्याकेजिङको माग गरेका छन । पहाडी भुगोल भएको र माहुरी पालनको प्रसस्त सम्भावना बोकेको जिल्लाका किसानले माउरीबाट उत्पादीत महलाई लेवलीङ गराउन माग गरेका हुन ।
दशकौ देशी शेराना जातको माहुरी पालेर मह उत्पादन गरीरहेका किसानले महको अन्तराष्ट्रिय बजारको लागि सरकारी तवरबाट लेवलीङ र प्याकेजिङ माग गरेका हुन । माहुरी पालन व्यवसाय ज्यामीतीय रुपमा विस्तार हुने र ग्रामीण भेगमा विस्तारको सम्भावना धेरै भएर पनि अन्तराष्ट्रिय बजारको शुनिश्चितता नहुँदा व्यवसाय विस्तारमा चुनौती भएको माहुरी पालक किसानहरुले बताएका हुन । दश वर्ष देखी माहुरी पालन गर्दै आएका फलेवास नगरपालिका दश का मदन चापागाईले सरकारी तवरबाट मान्यता पाउन लेवलिङको सम्म व्यवस्था भएमा उत्पादन बढाउन सकीने बताए ।




यो वर्ष लामो समय वर्षा नहुदा फुल कम फुल्ने र फुल फुल्ने हिउँदे खेती तोरी लगायतको खेतीको क्षेत्रपल घटदा चरण कमीले मह उत्पादन घटेको हो । माहुरी पालनबाटै गत वर्ष एक सय पचास गोला र तीन कुईन्टल मह विक्रि गरेकोमो यो वर्ष घेटेको चपागाईले बताईन ।
उत्पादीत महलाई बजारी करण गर्न सरकारी तवरबाट सघाउका कार्यक्रम आवश्यक भएको चापागाई परिवारले जनाएको छ । एक सय ५० घार माहुरी पालन गरेको चापागाई परिवारले माहुरी पालन बाट वर्षेनी दश देखी १२ लाख सम्म आम्दानी गर्दै आएको जनाएको छ । स्थानीय तवरमा पालीएका माहुरीबाट उत्पादीत महलाई लेवलीङ र प्याकेजिङ को आवश्यक भएको किसानहरुले बताएका छन । बजारको सुनिश्चितताका लागि नगर पालिकाले पनि थप पहल गर्ने फलेवास नगर उप प्रमुख शोभा कुमारी क्षेत्रीले बताईन ।
पर्वत जिल्ला पहाडी भेग धेरै बन वुटयान भएको क्षेत्र भएका कारण माहुरी पालन सम्भावन धेरै भएको यस क्षेत्रमा माहुरी पालन क्षेत्र विस्तार गर्ने सम्भावन धेरै रहेको छ । तर माहुरी पालन गरीरहेका किसानहरुले भने आगामी बजारको शुनिश्चिताको सम्भावना कम देखेर लगानी बढाउन दुवीदा मानीरहेका छन ।



