काठमाडौं । महाशिवरात्रि लक्षित पोखरामा करिब ५५ लाख रुपियाँ बराबरको उखु भित्रिएको छ । गण्डकी प्रदेशकै मुख्य बजार रहेको कृषि थोक बजारमा ५५ सय बिटा उखु भित्रिएको हो ।
यो तथ्याङ्क गत वर्षको तुलनामा कमी हो । उत्पादन कम हुदाँ उखुको बजार मुल्य भने आकासिएको छ । शिवरात्रिमा प्रायः गरी शिवका भक्तहरूले प्रसादका रूपमा उखु चढाउने तथा उखु पड्काउने र खाने प्रचलन छ । शिवशक्ति पिठमा स्नान गरेर शिवरात्रीमा रातभर भजनकीर्तन गर्ने, धुनी बालेर शिवको पूजाआराधना गर्ने र उखु पोलेर पड्काउने चलन छ । यसरी पड्काइएको उखुलाई शिवजीको प्रसादको रूपमा खाने गरिन्छ । पछिल्ला वर्षहरुमा महाशिवरात्रीलाई केन्द्रीत गरेर पोखरामा उखुको कारोवार बढेको छ ।



उखुको बढ्दो बजारीकरणका कारण किसान पनि सन्तुष्ट देखिन्छन् । पोखरामा गोरखाको च्याङ्लीबाट बढि मात्रामा उखु आउने गर्छ । समयमा वर्षात नहुदाँ उखुको उत्पादन राम्रो नभएको कारण यसको असर भने बजारमा देखिएको छ । अर्को तर्फ तराइका जिल्लाबाट उखु नआएकाले पोखरामा उखुको मुल्य बढेको छ । कृषि थोक बजार केन्द्र पोखरामा ५५ सय बिटा उखु भित्रिएको छ । सो मध्य घादिङबाट १ सय ४० बिटा उखु आएको छ भने बाकीँ सबै गोखराको च्याङ्लीबाट उखु आएको थोक बजार केन्द्रले जनाएको छ ।
उखुको गुणस्तर अनुसार एक बिटाको ६ सय देखी १४ सय रुपैया सम्मा विक्री भएको व्यवसायी बताउछन् । खान योग्यो उखुको एउटा लाक्राको होलसेल मुल्य नै एक सय भन्दा बढि पर्न गएको छ । गोरखाबाट केही किसान उखु विक्रीका लागि आफै आएका छन् । केही व्यापारीले पनि गोरखाबाटै उखु ल्याएर बिक्री गरेका छन् । किसानको वारीबाट ३०-३५ रुपैया प्रति लाक्रा खरिद गर्ने गरेको उखु ढुवानी र निकासी कर तिर्नुपरेका कारण लागत बढ्ने गरेको व्यवसायी बताउछन् । बजारमा उखु कम आएकाले उपभोक्ताले भने एउटा उखुको २ सय रुपैयासम्म तिर्नुपर्ने भएको छ ।
आयात कम हुदाँ बजारमा उखुको अभाव खड्कीएको छ । पोखरामा सुनसरी, झापा, मकवानपुर, धादिङ र गोरखाबाट उखु आउने गरेकोमा केही वर्ष यता गोरखा र थोरै मात्रामा धादिङबाट मात्रै उखु आउने गरेको व्यवसायी बताउछन् । शिवरात्रीको अवसरमा साँझदेखि देशका विभिन्न ठाउँका शिवमन्दिर एवं चौतारा तथा चोकमा धुनी लगाउने र उखु पड्काउने तथा उखु खाने प्रचलन रहेको छ ।




