काठमाडौं । फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व  देशभर मनाइँदै छ । आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी नेपाललगायत हिन्दु धर्मालम्बी रहेका ठाउँमा शिवको पूजाआजा गर्दैछन् । हिन्दुहरुले महाशिवरात्रिलाई एक प्रमुख चाडको रुपमा मनाउने गर्दछन् ।

आज विहानै नदी वा तलाउमा स्थान गरी भगवान शिवको पूजाआजा गर्ने परम्परा रहेको छ । भगवान शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, सुखरात्रि, मोहरात्रि र शिवरात्रि नामका चार प्रमुख रात्रिमध्ये शिवरात्रीलाई एक पवित्र पर्वका रूपमा पुराणमा बर्णन गरेको पाइन्छ ।
काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर, सिन्धुलीको कुशेश्वरलगायत देशभरका शिव मन्दिरमा पूजाआराधना गर्न भक्तजनको घुइँचो लागेको छ ।

भगवान् शिवलाई संहारका देवताका रूपमा पनि लिइन्छ । पशुपतिनाथको दर्शन गर्न छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य संख्यामा श्रद्धालु काठमाडौं आएका छन् । नेपालका साथै भारतमा समेत धुमधामसँग यो पर्व मनाइन्छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिको अवसरमा ४ हजार ९४ जना सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय