काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा आयोजना हुने भएको छ ।

मंसिर ११ गतेबाट सुरु हुने बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहने छ । बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल हुनुका साथै आवश्यक निर्णयहरू हुने पार्टी महासचिव मुकुल ढकालले जानकारी दिए ।

 

बैठक मंसिर १३ गते सम्पन्न हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय