अज्ञात समूहले महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकबाट ३८ लाख रुपैयाँ लुटेका छन् । आज मध्यान्ह १२ बजेतिर २ वटा मोटरसाईकलमा मास्क लगाएर हतियारसहित आएका ४ जना लुटारले बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएर बैंकको ३८ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिएका छन् ।



लुटेराहरुले बैंकका कर्मचारीलाई पेस्तोल देखाउँदै बैंकमा रहेको ३८ लाख रुपैया लुटेर भागेका हुन् । बैंक लुटपाट घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । लुटेराहरुको खोजीका लागि जिल्लाभरका सम्पूर्ण प्रहरी ईकाई र छिमेकी जिल्लाका प्रहरी पनि व्यापक रुपमा परिचालन गरिएको छ ।



