आर्थिक वर्ष २०७४-७५ मा संकलन भई विभिन्न सव डिभिजन र साझेदारी तथा सामुदायिक बनमा थन्केर रहेका साल तथा साल बाहेकका कुकाठहरु आर्थिक वर्ष २०८१-८२ मा डिभिजन बन कार्यालयको पहलपछि लिलाम तथा बिक्री गरिएको छ । वर्षौ देखि थन्केर खराव भई काम नै नलाग्ने र राजश्व समेत गुम्ने अवस्था आएपछि बन कार्यालयले सो लिलाम तथा बिक्री वितरणको पहल गरेको थियो । महोत्तरी स्थित बाँके महरा साझेदारी बन,टुटेश्वरनाथ साझेदारी बन,गढंता साझेदारी बन,जिल्ला वन पैदावार आपुर्ति समिति ,सामुदायिक वन र डिभिजन बन कार्यालय स्वयमले समेत ति काठहरु लिलाम तथा बिक्री वितरण गरेको हो ।

डिभिजन बन कार्यालयका कार्यालय प्रमुख डिएफओ अजय मिश्रले आर्थिक वर्ष २०७४-७५ मा संकलन भई साल र साल बाहेकका अन्य जातका काठहरु तिनटै साझेदारी बनबाट ४५४०० क्युफिट र आर्थिक वर्ष २०८१-८२ सम्म संकलन भएका सालका काठ १४७०० क्युफिट लिलाम तथा बिक्री भएको बताए । उनले साल बाहेकका अन्य काठबाट समुहको खातामा ३३ लाख पचार हजार रकम जम्मा भएको तथा सोहि रकमको मुल्य अभिवृद्धि कर ४ लाख ३५ हजार भन्दा वढी उठेको बताए । यता सालको काठबाट एक करोड ७५ लाख समुहको खातामा जम्मा भएको तथा मुल्य अभिवृद्धि कर २२ लाख ७५ हजार उठेको बताए ।

उनले जिल्ला वन पैदावार आपुर्ति समितिबाट जिल्लाभरिका ७३ उपभोक्तालाई ३७६७.०१ क्युफिट काठ समेत विक्री गरेको बताउदै सोहि काठबाट राजश्व÷समितिको शुल्क र मुल्य अभिवृद्धि कर गरि कुल ५४ लाख १ हजार ३२९ रुपया संकलन समेत भएको बताए ।

महोत्तरीमा सामुदायिक बनबाट समेत काठ दाउरा वितरण भएको बताउदै डिएफओ मिश्रले रातु महिला सामुदायिक बन,सरस्वती सामुदायिक बन र अर्ना भुल्के सामुदायिक बनबाट ४११५ क्युफिट काठ दाउरा विक्री वितरण गरि सामुदायिक वन उपभोक्ता समितिको खातामा ४५ लाख २० हजार चौबिस रुपया,राजश्व ७ लाख ९७ हजार ६५१ र मुल्य अभिवृद्धि कर ७ लाख ८८ हजार ५९२ उठेको छ । यसका अलावा डिभिजन बन कार्यालयले समेत आर्थिक वर्ष २०७४-७५ मा संकलित पुराना काठ तथा दाउरा बिक्री तथा लिलाम गरेको उनले बताएका छन । उनले १२९८४.२८ क्युफिट काठ डिभिजन बन कार्यालयबाट लिलाम तथा बिक्री गरि ३८ लाख ९० हजार ३९४ रुपया राजश्व तथा ४ लाख ७३ हजार ९०८ मुल्य अभिवृद्धि कर संकलन गरेको बताए ।

डिभिजन बन कार्यालयले चालु आर्थिक वर्षमा गरेका विभिन्न कार्यहरु वारे संचारकर्मी तथा सरोकारवालाहरुलाई पत्रकार सम्मेलन गरि दस्तावेज सहित काठ बिक्री तथा विभिन्न भौतिक संरचना निर्माण र अन्य कार्यवारे जानकारी गराएको छ भने स्थलगत अवलोकन तथा निरिक्षण समेत गराएको हो । विभिन्न डिभिजन,सव डिभिजन तथा बन कार्यालयबाट संचालित नर्सरीहरु समेत संचारकर्मी तथा अन्य सरोकारवालाहरुको टोलीले अवलोकन गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय