माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक दोस्रो दिनपनि जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि बस्दैछ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालको संक्षिप्त प्रतिवेदन माथि नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
केन्द्रीय समितिमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नेगरी विधान संशोधन प्रस्ताव अघि सारेको छ । माओवादीमा १९९ वैकल्पिक केन्द्रीय सदस्य छन् । वैकल्पिक केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाउँछन् । बैठकमा ३ सय ८७ पूर्ण र १ सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ ।

ताजा समाचार

लोकप्रिय