काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रीय समिति बैठकका लागि तयारीमा जुटेको छ । कार्यवाहक पार्टी अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको हो ।
बैठकमा केन्द्रीय समिति बैठकको व्यवस्थापन, दस्तावेज तथा कार्यक्रमिक विवरण पेस, लगायत विषयमा छलफल भएको थियो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली भ्रमणबाट फर्किएपछि केन्द्रीय समितिको बैठकको ‘एजेन्डा’ बारेमा छलफल गर्ने बैठकले निर्णय गरेको छ ।



बैठकको तयारीस्वरुप आजै अपराह्न ४ बजे पुनः पदाधिकारी बैठक बस्दै छ ।



