माघे संक्रान्तिका लागि काठमडौको टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले माघे संक्रान्तिमा चाकुको खपत पनि बढी हुने भएकाले उद्यमीलाई भ्याइनभ्याइ भएको हो । सिमित चाकु उद्यमीहरु भएकाले आम्दानी भन्दा पनि माघे संक्रान्तिमा जनतालाई सहज मूल्यमा पाउने गरी व्यापार गरिरहेको उद्यमी बताउछन ।
टोखाका चाकु उद्यमीहरुले बनाएको चाकु बिक्री नभएको भन्ने अहिलेसम्म छैन । माघे संक्रान्तिको लागि चाकु बनाउन लागेको डेढ महिना भएपनि माग बढी हुँदा चाकु बनाउन चटारो रहेको हो ।



माघ १ गते मनाइने पर्वमा घिउ र चाकुको परिकार निकै महत्वपूर्ण मानिन्छ । चाकु खासगरी जाडो महिनामा खाने प्रचलन छ । जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ । चाकु पछिल्लो समय अमेरिका, युरोप,अष्ट्रेलिया र चीन लगायत देशमा समेत जाने गरेको छ ।



