काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मानवीय सहायता बढाउन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई दबाब दिएका छन् ।
मध्यपूर्वमा द्वन्द्व भड्किरहेको समयमा दुई नेताबीच भएको करिब साढे दुई घण्टा वार्तामा गाजाका नागरिकलाई बढी मानवीय सहायताको आवश्यकताबारे छलफल भएको जनाइएको छ ।



गाजामा युद्धविराम र बन्धक रिहाइको पहल गर्न इजरायल पुगेका अमेरिकी विदेशमन्त्रीले गाजामा युद्धविराम अर्थात् पोस्ट वार पछिको योजानाका विषयमा नेतन्याहूसँग ठोस छलफल भएको बताएका छन् । ब्लिन्केन इजरायलमा रहँदा इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण जारी राखेको छ । इजरायली सेनाको पछिल्लो आक्रमण कम्तिमा १० जनाको मृत्यु भएको छ भने ५ जना वेपत्ता भएका छन् ।
यसैबीच इजरायली डिफेन्स फोर्स आइडीएफले हिजुबुल्लाह प्रमुखका हसन नसरुल्लाहका उत्तराधिकारी हासेम सफिद्दिन मारिएको पुष्टि गरेको छ ।



