काठमाडौं । कोशी प्रदेशका तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । पैसा असुलेर युवाहरूलाई विदेश पठाउन खोजेको र मानव तस्करी गरेको आरोपमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पूर्वमन्त्री अधिकारीलाई आइतबार पक्राउ गरेर विराटनगरबाट आजै काठमाडौं ल्याइएको छ । काठमाडौं जिल्ला अदालतले अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।

जापान काण्डमा मुछिएपछि अधिकारीले मन्त्रीबाट राजीनामा दिएका थिए भने एमालेले अधिकारीलाई निलम्बन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय