सर्लाही –मिटर ब्याज सम्बन्धी अनुचित लेनदेनको मुद्धामा पिडितहरुले न्याय नपाएपछि बिहिवार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा धर्ना बसेर आन्दोलन थालेकाछन् । मिटर ब्याज पिडित महिला पुरुषहरुले सिडियो चोर कुर्सी छोड, सिडियो मुर्दावाद जस्ता चर्को नारावाजीहरु गर्न थालेपछि प्रहरीहरुले पिडितहरुलाई कार्यालय परिसरबाट बाहिर जानु भनेर बल प्रयोग गरेपछि मिटर ब्याज पिडित र प्रहरी बिच झडप भएको थियो । जसमा प्रहरीले ५ राउण्ड भन्दा बढि आश्रु ग्यास प्रहार गरेको छ । त्यस्तै १ दर्जन भन्दा बढि महिलाहरु घाईते भएको हो ।
घाईतहरुको प्रादेशिक असपताल मलंगवामा उपचार भईरहेको छ । पिडितहरुले न्याय माग्न आउदा आफुहरुलाई कुटपिट गरेको भन्दै विहिवार प्रशासन कार्यालयको मुख्य गेटमा ताला बन्दी गरेर टायर बालेर प्रदर्शन गरि रहेकोछ । मिटर ब्याज सम्बन्धी अनुचित लेनदेनको ३१ सय उजुरी दर्ता भएकोमा हाल सम्म मात्र ६ सय उजुसरीमा मिलापत्र भएको छ । २५ सय भन्दा बढि मुद्धाको फर्छयौट हुन बाकी रहेकोले समस्या जटिलो बन्दै गएको प्रजिअ कोमल प्रसाद धमलाले भने ।



मिटर ब्याज सम्बन्धी अनुचित लेनदेनको मुद्धा आफनो व्यतिmको पक्षमा मिलाई दिन मन्त्री तथा राजनीतिक पहुच भएका व्यतिmहरुको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई प्राइभेट नम्बरहरुबाट कल आउन थालेपछि मिटर ब्याज सम्बन्धी अनुचित लेनदेनको मुद्धाहरु प्रभावित भएको जिल्ला प्रशासन श्रोतले जनाएको छ ।
माओवादीका ठुलाठुला नेताहरु अनुचित लेनदेनको मुद्धा आफनो पक्षका व्यतिmको नाममा मिलान गरिदिन जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे तथा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई दबाब दिन थालेपछि मिटर ब्याज सम्बन्धी मुद्धाहरु प्रभावित बनेको पुर्व राष्ट्रिय सभा सदस्य जसपाका वरिष्ट उपाध्यक्ष रामपृत पासवानले बताए ।
यसरी देशका मन्त्री तथा ठुलाठुला नेताहरु गरिमामय पदमा बसेका व्यतिmहरुले समान्य लेनदेनको मुद्धा आफनो व्यतिmको नाममा मिलाई दिन दबाब दिन थालेपछि वास्तविक ऋण पिडित गरिब जनताहरुले न्याय नपाउने पासवानले गुनासो गरे । मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति सर्लाहीका सचिव सोनफी चौधरीले भने अनुचित लेनदेनको कानुन बनेपछि २ महिना सम्म जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट पुर्ण रुपमा निष्पक्ष न्याय भएको थियो । अहिले आएर नेताहरुले प्रशासनलाई दबाब दिन थालेपछि अनुचित लेनदेनका पिडितहरुले स्वतन्त्र रुपमा न्याय पाउन सकेका छैन । जसले गर्दा मुद्धा मिलाउन, मध्यस्ता गर्न समस्या हुन थालेको सचिव चौधरीले बताए ।
मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति सर्लाहीका जिल्ला अध्यक्ष रुकमणी चौधरीले भने पहिला जुन गतीमा काम भईरहेको थियो अहिले त्यो गतीमा काम भएको छैन । अचेल दिन्हु ऋण पिडितहरु साहु महाजनबाट कुटपिट हुने गरेको छ । हिजो पनि ४ जना महिला माथि साहु महाजनबाट निर्घात कुटपिट भएको छ । जस मध्येका मलंगवा–४ बस्ने मुकिमा खातुन महाजनको कुटपिटबाट घाईते भएपछि अहिले पनि प्रादेशिक असपताल मलंगवामा उपचार गराउदै छिन ।
प्रशासन कार्यालय सर्लाहीमा अचेल दैनिक रुपमा कुटाकुट तथा झैझगडा हुन थालेपछि अनुचित लेनदेनका पिडितहरु न्याय पाउने कुरामा शंका लाग्न थालेको अध्यक्ष चौधरीले भनिन । जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले भने अनुचित लेनदेनको मुद्धा मिलान गर्न एउटा समिति निर्माण भएको छ । जसमा जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रतिनीधि, सरकारी वकिल कार्यालयका प्रतिनिधी, वितिय संस्थाका प्रतिनिधी, मालपोत कार्यालयका एकजना प्रतिनिधी साथै मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति सर्लाहीका प्रतिनीधी राखेर छलफल हुने गरेको छ ।
तोकिएको म्यादमा ३१ सय बढि उजुरीहरु दर्ता भएकोमा ६ सय २५ वटा हाल सम्म फर्छयौट भएको प्रजिअ धमलाले बताए । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अधिकांस समय र जनशतिm अनुचित लेनदेनकै मुद्धा मिलाउनमै व्यतित हुने गरेको प्रजिअ धमलाको भनाई छ । यधपी अहिले आएर अनावश्यक भिंड तथा दबाबका कारण साहु र ऋणी बिच मध्यस्ता गराउन समस्या भईरहेको उनको भनाई छ । दैनिक रुपमा सैकडो महिला पुरुषहरु लेनदेनको मुद्धा मिलाई दिन जिल्ला प्रशासनको चौरमा दुरदराज गाउहरुबाट आएर बस्ने गरेका छन ।
नेपाली कांग्रेस जिल्ला सभापती सुरेन्द्र प्रसाद सिंहले भने कसैको दबाबमा परेर फैसला गर्नु अनुचित रहेको छ । पिडितहरुले न्याय पाउनु पर्छ, यस्को लागि आफुले सर्वदलिय बैठक बस्ने सभापती सिंहले बताए ।



