बाँकेको कोहलपुर जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा एभिनियर एफ।सी।क्यामरुनलाई पराजित गर्दै दुधौली स्पोर्ट क्लब सिन्धुलीले विजयी सुरुवात गरेको छ ।कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको चौथो दिनमा भएको खेलमा दुधौली स्पोर्ट क्लब सिन्धुलीले एभिनियर एफ.सी.क्यामरुनलाई ट्राइब्रेकरमा ६-७ गोलको अन्तरले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयभित्र गोल हुन नसकेपछि ट्राइब्रेकरमा क्यामरुनलाई ६-७ गोल अन्तरले पार्दै दुधौली स्पोर्ट क्लबले विजयी सुरुवात गरेको छ । एभिनियर एफ.सी.क्यामरुनका ३ जना खेलाडीले पहेलो कार्ड पाएका थिए भने १ जना खेलाडिले भने रातो कार्ड पाएको थिए । दुधौली स्पोर्ट क्लबका १ जना खेलाडीले पहेलो कार्ड पाएका थिए ।

दुधौली स्पोर्ट क्लबलका खेलाडी लोकेश चौधरीले म्यान अफद म्याज धोषित भएका थिए । नेपाली काँग्रेसका युवा नेता पोषण केसीले चौधरीलाई नगद रु ५ हजार रकम हतान्तरण गरिएको थियो । एभिनियर एफ।सी।क्यामरुन गत वर्षको कोहलपुर गोल्डकप २०७९ को विजेता भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय