सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिन तीन दलले संयुक्तरुपमा आग्रह गरेका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सभामा मुख्यमन्त्री अल्पमतमा परिसकेकाले तत्काल पदबाट राजीनामा दिई मार्गप्रशस्त गर्न नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेताले संयुक्त माग गरेका हुन् ।

संघमा नयाँ सत्तासमीकरण परिवर्तन भएसँगै एमालेले प्रदेशका मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन यही असार २३ गते फिर्ता लिएको थियो । एमालेले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ल्याएको बजेट पारित हुने वा नहुने भन्नेमा अन्योल देखिएको छ ।

प्रदेश सभामा कांग्रेसका १८, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादी पार्टीका ४, राप्रपाको १ र स्वतन्त्र १ सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय