काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले इजिप्टमा भएको संयुक्त राष्ट्र संघीय विश्व सम्मेलनमा नगरपालिकाको दिगो विकास लक्ष्य अन्तर्गत स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
कार्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रम (यूएन हेबिटेट) ले आयोजना गरेको विश्व शहरी फोरमको १२औं विश्व सम्मेलनमा प्रमुख गिरीले चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्य अन्तर्गत स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।



सम्मेलनको क्रममा प्रमुख गिरीले एशियाकै मेयरहरुको प्रतिनिधित्व गर्दै मन्तव्य राख्नु भएको थियो ।






